भाद्र १४ शनिवार
राम कुमार शर्मा / एनभी खबर

मोरङ्ग | मोरङ्गको सुनवर्षी स्थीत जनता समाजवादी पार्टी सुन्वर्षि द्वारा भूमि विधेयक विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

शनिवार सुवर्शी ९ डाइनिया स्थित जस्पको केन्द्रीय उप – सचिव रेखा यादवको प्रमुख अतिथियता तथा उपस्थितीमा उक्त कार्यक्रम सम्मपन्न गरेको छ । कार्यक्रममा केन्द्रीय सदस्य पन्नालाल मण्डल , सुवर्षी नगर अध्यक्ष सदानन्द यादव लगायतको उपस्थिती थियो।

पार्टीका अनुसार यो विधेयकले संविधानविपरीत प्रदेशको अधिकार खोस्ने, भूमाफियालाई फाइदा पुर्‍याउने र दलित, थारु, सुकुम्वासीलगायत उत्पीडित वर्गलाई बेवास्ता गर्ने व्यवस्था समेटेको छ।

जसपाले संसदमा १० बुँदे संशोधन प्रस्ताव पेस गर्दै विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ। माग सम्बोधन नभए सडकदेखि सदनसम्म सशक्त संघर्ष अघि बढाइने चेतावनी दिइएको छ। जसपाले “जनताको भूमिमा जनताको अधिकार” सुनिश्चित नगरी ल्याइने कानुन मान्य नहुने स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *