राम कुमार शर्मा/ एनभी खबर काठमाडौं | भदौ २९, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै विभिन्न मन्त्रालयमा तीन व्यक्तिलाई जिम्मेवारी दिइएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नव नियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबारदेखि नै विभिन्न व्यक्तिहरूसँग छलफल गर्दै मन्त्री छनोट प्रक्रिया अघि बढाएकी थिइन् ।
तर, धेरैजसो गैरराजनीतिक व्यक्तिले पनि दाबी गरेपछि अन्तिम नाम टुंग्याउन केही चुनौती परेको स्रोतले जनाएको छ ।

शुक्रबार मात्रै सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । उनले जेनजीसहितको टोलीसँग छलफल गरेर मन्त्री सिफारिस गरेकी थिइन्, जसलाई राष्ट्रपतिले स्वीकृति दिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *