बिराटनगर काली मन्दिरमा पुजारीको भेदभावपूर्ण व्यवहार उजागरबिराटनगर काली मन्दिरमा पुजारीको भेदभावपूर्ण व्यवहार उजागर

सुधिर कुमार कर्ण /एनभी खबर
बिराटनगर, ११ अशोज

मोरंगको बिराटनगरमा अवस्थित ऐतिहासिक काली मन्दिर व्यवस्थापनमा देखिएको कमजोरी र पुजारीद्वारा गरिएको भेदभावपूर्ण व्यवहारका कारण भक्तजन आक्रोशित भएका छन्।

भक्तजनका अनुसार पुजारीले प्रसाद वितरण र टिका लगाउने क्रममा सबै भक्तलाई समान व्यवहार नगरी भेदभाव गरेको आरोप लगाइएको छ। धार्मिक स्थलमा देखिएको यस्तो गतिविधिले श्रद्धालुहरू बीच असन्तोष फैलिएको छ।

मन्दिरमा पुगेका भक्तहरूले पुजारीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मन्दिर व्यवस्थापन समितिलाई प्रश्न उठाएका छन्। उनीहरूले मन्दिर सबै आस्थावानहरूको साझा स्थान भएकाले यहाँ कसैसँग भेदभाव सह्य नहुने स्पष्ट चेतावनी दिएका छन्।

यस घटनापछि स्थानीय भक्तजनले तत्काल सुधारात्मक कदम चाल्न सम्बन्धित निकाय र मन्दिर समितिलाई आग्रह गरेका छन्।

(7) Facebook

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *