पूर्वी नेपाल उच्च जोखिममा : ‘Cyclone Montha’ बाट व्यापक वर्षा र हावाहुरीको चेतावनीपूर्वी नेपाल उच्च जोखिममा : ‘Cyclone Montha’ बाट व्यापक वर्षा र हावाहुरीको चेतावनी

सुधीर कुमार कर्ण / एनभी खबर

बिराटनगर, कार्तिक १३, २०८२

नेपाल सरकारको गृह मन्त्रालय तथा सम्बन्धित निकायहरूले देशभर उच्च सतर्कता कायम गर्न आह्वान गरेका छन्। भारतको पूर्वी तटमा उत्पन्न चक्रवात ‘Cyclone Montha’ हाल उत्तरतर्फ सर्दै नेपालतर्फ प्रभाव देखाउने अवस्थामा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका निर्देशक प्रवक्ता विभुति पोखरेलले भने, “बंगालको खाडीमा विकसित चक्रवात ‘Montha’ को परिधीय प्रभाव बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म कोशी प्रदेश, मधेश प्रदेश तथा बागमती प्रदेशमा देखिने सम्भावना हुनेछ।”

महाशाखाका अनुसार वायुमण्डलीय प्रभावले गर्दा चक्रवातका कारण नेपालका पूर्वी, मध्यम र केही पश्चिमी भागहरूमा अत्यधिक वर्षा, तीव्र हावाहुरी र आकाशीय चट्याङ पर्ने विशेषगरी पूर्वी पहाडी क्षेत्रहरूमा माटो खस्ने र सडक अबरुद्ध हुने उच्च सम्भावना रहेको छ।

भारतको पूर्वी तटमा उत्पन्न भएको ‘Cyclone Montha’ अहिले उत्तरतर्फ सर्दै नेपाल नजिक आइपुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो चक्रवातको अप्रत्यक्ष प्रभाव आज रातिदेखि नै नेपालमा देखिन सुरु भएको छ। कोशी प्रदेशका  मोरङ, सुनसरी, झापा र मधेश प्रदेशका सर्लाही, महोत्तरी, धनुषा र पर्सा क्षेत्रहरूमा चक्रवातको प्रभाव स्पष्ट रूपमा देखिन सक्ने बताइएको छ। ती क्षेत्रहरूमा भारी वर्षा, बिजुली चम्किने, बाढी र डुबानको जोखिम बढ्ने भएकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

मौसमविद्हरूका अनुसार  “‘Cyclone Montha’ भारतीय महासागरको बंगालको खाडीमा उत्पन्न भएको गम्भीर उष्णकटिबंधीय चक्रवात हो। यो हाल भारतको ओडिशा र पश्चिम बंगाल क्षेत्र हुँदै उत्तरतर्फ सर्दैछ। यसको गति प्रति घण्टा ८०–१०० किलोमिटर रहेको र यसले आसपासका देशहरू भारत, बंगलादेश र नेपालमा वायुमण्डलीय प्रभाव पार्दैछ”।

गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई आपतकालीन तयारी र निगरानी बढाउन निर्देशन दिएको छ। स्थानीय तहहरूले पनि सम्भावित जोखिम क्षेत्रहरूमा राहत तथा उद्धार टोली तयारी अवस्थामा राखेका छन्। बिराटनगर महानगरपालिकाले आकस्मिक सम्पर्क नम्बर सार्वजनिक गर्दै नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्कन आग्रह गरेको छ।

मौसम विभाग र प्रशासनले सर्वसाधारणलाई  “अनावश्यक यात्रा नगर्नु, बिजुलीका तार, रूख वा हल्का संरचनाबाट टाढा रहनु, , खोला, नाला र डुबान क्षेत्रको नजिक नजानु” सावधानी अपनाउन आग्रह गरेको छ”

नेपालमा ‘Cyclone Montha’ सिधा प्रवेश नगरे पनि यसको वायुमण्डलीय प्रभाव देशभर महत्त्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ। विशेषज्ञहरूले भनेका छन्, “यो समय सावधानी अपनाउने, सूचना सुन्ने र सुरक्षा तयारीमा रहनु अत्यन्त जरुरी छ।”

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *