जेन-जी आन्दोलन : प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश, राजधानी तनावपूर्णजेन-जी आन्दोलन : प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश, राजधानी तनावपूर्ण

मंगलबार दिउँसो जेन-जी आन्दोलनकारीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन्।
राज्यका अन्य अंगमा क्रमिक रूपमा नियन्त्रण कायम गरेपछि प्रदर्शनकारीहरूले अब प्रधानमन्त्री निवासमा पनि आफ्नो पहुँच बनाएका हुन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघिमात्रै पदबाट राजीनामा दिएका थिए। बालुवाटारमा प्रवेशपछि प्रदर्शनकारीहरूको गतिविधि र आगामी योजनाप्रति सुरक्षा निकाय र प्रशासन आत्तिएको छ।

राजधानीमा अहिले स्थिति तनावपूर्ण रहेको छ र सरकारी कामकाज ठप्प अवस्थामा छ।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *