काठमाडौं ।
भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले थालेको आन्दोलन शनिबार दिउँसो उग्र बनेपछि प्रहरीले रबरको गोली प्रहार गरेको छ । आन्दोलनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र प्रवेश गरेपछि स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि प्रहरीले बल प्रयोग गरेको हो ।

संसद् भवन परिसरमा पुगेका प्रदर्शनकारीहरूलाई हटाउने क्रममा झडप भएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अवस्था नियन्त्रणमा लिन तत्काल प्रभावका लागि कर्फ्यू आदेश जारी गरेको जनाएको छ ।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *