गोवा(भारत) — गोवास्थित एक नाइटक्लबमा शनिवार राति लागेको भीषण आगलागीमा परि मृत्यु हुने २५ जनामध्ये ४ जना नेपाली भएको पुष्टि भएको छ। भारतस्थित नेपाली राजदूत शङ्कर शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउनेमध्ये धेरैजना नाइटक्लबका कर्मचारी रहेको र तीमध्ये ४ जना नेपाली समेत रहेको उल्लेख गरेका छन्।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।
दिवंगत नेपाली दाजुभाइप्रति गहिरो श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं।
