देवनारायण शर्मा

विराटनगर , ३१ बैशाख

११ देशीय अन्तर्राष्ट्रिय सम्मेलनमा कानेपोखरीका छोरा चन्द्र अधिकारीद्वारा प्रस्तुत अनुसन्धान – Behavioral Finance र SDGs सँग जोडिएको नेपाली शेयर बजारमाथिको ऐतिहासिक प्रस्तुती

सानो गाउँ, सादा परिवेश र सरल जीवनशैली। यही परिवेशमा हुर्किए– चन्द्र प्रसाद अधिकारी। तर, उहाँका सपना कहिल्यै साना रहेनन्। निरन्तर अध्ययन, गहिरो सोच र समाजप्रतिको उत्तरदायित्वले उहाँलाई केवल एक शिक्षकमा सीमित राखेन, अन्तर्राष्ट्रिय बौद्धिक मञ्चसम्म पुर्‍यायो।

बिक्रम संवत २०८२ साल बैशाख २७ देखि २९ गतेसम्म हेटौंडामा सम्पन्न ११ देशीय अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले “Sentimental Effects on the Price of Stock in the Nepalese Stock Market” शीर्षकमा अनुसन्धानपत्र प्रस्तुत गर्नुभयो। सतही रूपमा जटिल देखिने यो विषयले Behavioral Finance, Youth Empowerment र Sustainable Development Goals (SDGs) सँगको अन्तरसम्बन्धलाई नेपाली सन्दर्भमा प्रभावकारी रूपमा उजागर गर्‍यो।

उहाँको शोधले प्रस्ट पारेको छ– शेयर बजार केवल तथ्यांक र ग्राफहरूको कुरा होइन; यो मानव मनोवृत्ति, भावना र सामाजिक चेतनाको तरंग हो। बजारमा देखिने उतारचढाव युवाको सोच, राष्ट्रिय नीतिको दिशा र दिगो विकास लक्ष्यहरूसँग जोडिएका छन्।

यस ऐतिहासिक सहभागिताले कानेपोखरी गाउँपालिकालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनुका साथै हजारौं युवामा शोध र बौद्धिक योगदानमार्फत समाजमा परिवर्तन सम्भव छ भन्ने नयाँ आशा र आत्मविश्वास जगाएको छ।

उहाँको यो सफलता कुनै संयोग होइन। यो त वर्षोंको मेहनत, अध्ययनशीलता, सतत लगन र मातृभूमिप्रतिको प्रेमको परिणाम हो। सामान्य गाउँबाट उठेर अन्तर्राष्ट्रिय मञ्चमा विचार प्रस्तुत गर्ने चन्द्र अधिकारीको जीवनले सम्भावनाहरूको साक्षात् प्रमाण प्रस्तुत गरेको छ।

गाउँको गर्व, राष्ट्रको गौरव– चन्द्र अधिकारीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

6
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *