मोरङ्ग । झापाको चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकरी संस्थाको २९ औं वार्षिक साधारण सभा अन्तर्गत रङ्गेली नगरपालिका ७ स्थीत रहेको साखा कार्यालयको आज साधारण सभा सम्पन्न भएको छ ।
रंगेली नगरपालीका ७ श्री तिरुपती बालजी सभाग्रीहको सभाहलमा सम्पन्न साधारण सभाको समुद्घाटन प्रमुख अतिथि रङ्गेली नगरपालिका ८ की जनप्रतिनिधि सोबिता राजवंशीद्वारा पानसमा बत्ती बालेर गरियो।

वित्तिय अवस्था अत्यन्त मजवुद रहेको यस सस्थाको शेयर पुँजी १ अर्व ६९ करोड ७५ लाख, जगेडा कोष १ अरब ३२ कडोर ६८ लाख, बचत १४ अर्व १५ करोड ७६ लाख, लगानीमा रहिरहेको ऋण ११ अर्व ४७ करोड २७ लाख रुपैया कारोवार गरी ०८२ साल आषाढ मसान्त सम्ममा संस्थाको वासलात १८ अर्व ५६ करोड ५८लाख रुपैया पुगेको सहारा नेपाल साकोषको सञ्चालक समिति अध्यक्ष हरिबहादुर राजबंशी ले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०५२ सालमा स्थापना भएको सस्थामा २०८२ साल आषाढ मसान्त सम्ममा १ लाख ९२ हजार २ सय ४० जना शेयर सदस्य रहेका छन् भने संस्थाले ८० वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गरिरहेको छ । भन्ने जानकरी साहारा नेपाल साकोष सञ्चालक सदस्य तथा मूल कार्यप्रतिनिधि बिन्दु श्रेष्ठले दिएका छन्

यसरी नै संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट कारोवार गर्ने सदस्यलाई सम्मान, कार्यक्रममा नृत्य प्रदर्शन गराउने बालबालिकाहरूलाई पुरस्कार प्रदान गरेका छन् ।

कार्यक्रममा उपस्थित अतिथी तथा सहभायीलाई उपसमिती सदस्य घनश्याम पनेरुका शब्द द्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रम सेवा केन्द्रका संचालन भानुभक्त पौडेल गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *