मोरङ – मोरङ क्षेत्र नं ५, धनपालथान गाउँपालिका–१ का एक क्यान्सर पीडित परिवारलाई समाजिक अभियन्ता तथा नेपाली कांग्रेसका युवा नेता सलीम अन्सारीले आइतबार प्रत्यक्ष गाउँमै पुगेर खाद्यान्न र नगद सहयोग गरेका छन्।

देशभर अशान्ति, तोडफोड र लुटपाटका घटना भइरहेका बेला पनि अन्सारीले पीडितको उद्धारमा आफ्नो प्राथमिकता राख्दै सहयोग जुटाएका हुन्। स्थानीयले उनलाई समाज र जनताप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिने “जनताको इमानदार छोरो” भनी सम्मान गरेका छन्।

स्थानिय सचेत युवाहरूको पहलमा सांसद प्रत्यासीसमेत रहेका अन्सारीले पीडित परिवारलाई रु ३,२६० बराबरको खाद्यान्न सामग्री साथै रु ५,००० नगद प्रदान गरेका छन्। यसरी प्रत्यक्ष सहयोग गर्दै उनी गाउँ–समाजमा मानवता र सहकार्यको उदाहरण प्रस्तुत गरेका छन्।

पीडित परिवारले सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले आफ्नो कठिन जीवनयापनमा ठूलो मद्दत पुगेको बताएका छन्। यस घटनाले स्थानीय समाजमा मानवीय मूल्य र सामाजिक उत्तरदायित्वको महत्त्वलाई अझ स्पष्ट बनाएको स्थानीयहरूले बताएका छन्।

सामाजिक अभियन्ता अन्सारीको यस पहललाई सराहना गर्दै केही स्थानीयले भने, “अशान्तिको बीचमा पनि यसरी मानवताको उदाहरण प्रस्तुत गर्नु प्रेरणादायी छ। उनी साँच्चिकै जनताको लागि काम गर्ने नेता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *