सप्तकोशीमा पानीको सतह तीव्रगतिमा बढ्यो, ब्यारेजका १५ ढोका खोलिए

राजविराज । पूर्वी नेपालमा जारी अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह तीव्रगतिमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता डम्बरबहादुर पुरीका अनुसार सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड एक लाख नौ हजार ३६० क्युसेक पुगेको छ ।

पानीको सतह बढ्न थालेपछि सुरक्षाका दृष्टिले ब्यारेजका ५६ मध्ये १५ वटा ढोका खोलिएको प्रहरीले जनाएको छ । आज दिउँसो पानीको बहाव एक लाख दुई हजार ३५ क्युसेक रहेकोमा रातिसम्म बढ्दै गएको हो ।

पूर्वी पहाडी र तराई–मधेस क्षेत्रमा लगातार वर्षा भइरहेकाले कोशी नदीमा पानीको बहाव अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ ।

स्थानीय प्रशासनले कोशी ब्यारेज आसपासका बस्तीमा बसोबास गर्ने नागरिकहरूलाई सर्तकता अपनाउन, आवश्यक परे सुरक्षित स्थानतर्फ सर्ने तयारी गर्न आग्रह गरेको छ ।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *