देव नारायण शर्मा
बिराटनगर, ३० असोज
मोरङ । इलाका प्रहरी कार्यालय रङ्गेलीले ८ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०७९।०५।२४ गते जिल्ला कारागार कार्यालय सिन्धुलीबाट फरार भएका ज.ज.क. मुद्दाका प्रतिवादी वर्ष ३९ का उपेन मण्डल लाई प्रहरीले पक्राउ गरेको हो।
मण्डल जिल्ला मोरङको साबिक सोराभाग गाविस–६, हाल परिबर्तित धनपालथान गाउँपालिका–३ का निवासी हुन्। मिति २०८२।०६।३० गते इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मण्डललाई उनकै घर वतनमा फेला पारी दिउँसो २:४० बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मण्डललाई हाल ईलाका प्रहरी कार्यालय रङ्गेलीमा राखी, तालुक जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पठाउने प्रक्रिया अगाडि बढाइएको छ। उक्त स्थान इप्रका रङ्गेलीबाट करिब ९ किलोमिटर पश्चिम–दक्षिण दिशामा पर्ने प्रहरीले जनाएको छ।

