विराटनगर २७ असोज २०८२ – नेपाली सुनचाँदी बजारमा आज ऐतिहासिक उछाल देखिएको छ। सोमबार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला २,४०,४०० रुपैयाँ पुगेको छ, जुन आइतबारको तुलनामा २,४०० रुपैयाँले बढी हो।

सुनसँगै चाँदीको मूल्यले पनि नयाँ उच्च स्तर छुन सफल भएको छ। आइतबार ३,१२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३,२२0 रुपैयाँमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रति १० ग्राम सुनको मूल्य २,०६,१०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २,७६० रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।

विशेषज्ञहरूले सुनको मूल्य वृद्धिलाई अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य, विदेशी मुद्रा दरको उतार–चढाव, र स्थानीय माग–आपूर्ति सन्तुलनसँग जोडेर व्याख्या गरेका छन्।

यस उछालले लगानीकर्ता र आम नागरिकबीच सुन र चाँदी किन्न/बेच्नको चासो बढाएको छ। बजारमा हालको उच्च मूल्य कायम रहनुका साथै आगामी दिनमा पनि उतारचढावको सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *