देवनारायण शर्मा

विराटनगर ,१४ वैशाख

राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको महत्वबारे जोड दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले फोटो पत्रकारिता समाजको यथार्थ चित्रण गर्ने जिउँदो इतिहास भएको बताए। उनले भने, “एक सेकेन्डमा गलत कुराको भ्रम सिर्जना गर्न सकिन्छ, तर फोटो पत्रकारिताले त्यसको प्रतिकार गर्दै यथार्थलाई दीर्घकालसम्म जीवित राख्न सक्छ।” फोटो पत्रकारिताले विगतबाट भविष्यमा जाने बाटाहरू समेत देखाउन सक्ने भन्दै उनले यसको विकासमा अवरोध हटाउन आवश्यक रहेको उल्लेख गरे।

सभामुख घिमिरेले राज्यले क्रमशः फोटो पत्रकारहरूको योगदानलाई चिन्दै आएको भए पनि अझै यस क्षेत्रलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताए। “देशको घटनाक्रमलाई क्यामेरामार्फत सजीव रुपमा अभिलेख गर्न फोटो पत्रकारहरू अग्रसर छन्,” उनले भने, “त्यसैले फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरू हटाई प्रोत्साहन गर्नु जरुरी छ।”

उनले नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मात्र पत्रकारिताको महत्व व्यापक रूपमा बुझेको बताए। साथै, विगतमा मिडियाको महत्त्व नबुझ्ने समाज आज फोटो पत्रकारिताको भूमिकालाई स्वीकार्न थालेको उल्लेख गरे।

कार्यक्रममा फोटो पत्रकारहरूको भूमिकालाई अझ सशक्त बनाउँदै, फोटो पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि सरकार तथा सरोकारवाला निकायहरूको सहकार्य जरुरी रहेकोमा जोड दिइएको थियो।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *