विराटनगरस्थित नेपाल राष्ट्र बैंकको गेटमा राखिएको डिजिटल होर्डिङ बोर्ड मंगलबार साँझ ह्याक भएको आशंका गरिएको छ । बैंकको आधिकारिक जानकारी देखाउने बोर्डमा अनावश्यक रुपमा ‘आई लभ यु फ्रेग्रेन्स क्वीन’ लेखिएपछि प्रशासन तुरुन्तै सजग भएको थियो ।
बोर्डमा अवैध रूपमा यस्तो सन्देश देखिएपछि बैंक प्रशासनले तत्कालै डिजिटल बोर्ड बन्द गरेको थियो ।
