राम कुमार शर्मा / NV Khabar

रङ्गेली, ५ जेष्ठ महिन

मोरङको रङ्गेली नगरपालिका–७ निच्चामारीमा यात्रुवाहक बसको ठक्करबाट १० वर्षीया बालिकाको ज्यान गएको छ। स्थानीय दिलीप मण्डलको छोरीलाई कानीपोखरीबाट रङ्गेलीतर्फ जाँदै गरेको को १ ख २१०३ नम्बरको बसले सोमबार दिउँसो २:४५ बजे ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्कालै अस्पताल लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीयवासीहरूका अनुसार बाटोमा मकै सुकाइएको कारण सडक साँघुरो भई दुर्घटना भएको हो।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *