रङ्गेली | मोरङको रंगेली नगरपालिका–५ मा रहेको फर्साडागी चोकमा एम्बुलेन्स खरिदका लागी श्रीमद्भागवत सप्ताह महायज्ञ लगाइने भएको छ ।

दोहमना संघर्षशील युवा क्लबको आयोजनामा हुने महायज्ञ चैत्र २० गते बुधबार देखि चैत्र २७ गतेसम्म सञ्चालन हुनेछ।
महायज्ञको पहिलो दिन शोभा कलश यात्रा निकालिने र त्यसपछि मण्डप पूजा एवं पुराण संध्या आरम्भ गरिने छ ।

प्रत्येक दिन बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म श्रीमद्भागवत कथा प्रवचन सञ्चालन हुने कार्यक्रम रहेको छ।
महायज्ञमा विभिन्न धार्मिक कार्यक्रमहरू राखिएका छन्।

चैत्र २१ गते राजा परीक्षितको कलियुग दमन, चैत्र २२ गते बराह भगवानको लीला, चैत्र २३ गते हिरण्यकश्यप वध र भक्त प्रह्लादको लीला, चैत्र २४ गते श्रीकृष्ण जन्मोत्सव, चैत्र २५ गते गोवर्धन पूजा, चैत्र २६ गते कृष्ण र रुक्मिणी विवाह एवं लाक्षाबन्ध प्रज्वलन गरी रातभर जागरण हुने जनाइएको छ।

चैत्र २७ गते सप्ताह महायज्ञ समापनको दिन श्रीकृष्ण र सुदामाको मिलन, तिलाञ्जली, पुनर्हूति, टिका तथा प्रसाद वितरण कार्यक्रम राखिएको छ।

आयोजकका अनुसार यस महायज्ञको आम्दानी बाट एम्बुलेन्स खरिद गर्ने र धार्मिक चेतना अभिवृद्धि गर्दै समाजमा धार्मिक तथा सांस्कृतिक एकताको सन्देश दिने लक्ष्य राखिएको छ।

आयोजक समितिले महायज्ञको सफलताका लागि सबैलाई सहभागिता हुन आह्वान गरेको छ।

1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *