मोरङ्ग मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगर क्षेत्रभित्रको सडकमा खाद्यान्न सुकाउने कार्यमा रोक लगाएको छ। नगरका पक्की सडकमा गहुँ, मकै, तोरी, बेसारजस्ता वस्तु सुकाइएको भेटिएपछि नगर प्रहरीले सम्बन्धित घरधनीलाई सम्झाइबुझाई गर्दै हटाएको र हटाउन अनुरोध गरेको हो।

सडकमा यस्ता वस्तु सुकाउँदा दुर्घटनाको जोखिम हुने भएकाले नगर प्रहरीले चेतावनी दिँदै दोहोरिएमा जरिवाना वा अन्य कानुनी कारबाही गर्ने जनाएको छ। साथै, सडकपेटीमा बाली नलगाउन र चौपाया नबाँध्न पनि आग्रह गरिएको छ।

यसअघि रङ्गेली नगरपालिकाले पनि सडकमा बिस्कुन सुकाउन रोक लगाएको थियो। तर किसानको मागलाई सम्बोधन गर्दै नगरले निर्णय उल्ट्याउँदै सडकको एक भागमा मात्रै व्यवस्थित रूपमा सुकाउन अनुमति दिएको छ।

अनुगमनका लागि इलाका प्रहरी, ट्राफिक र नगर प्रहरीलाई जिम्मा दिइएको छ।

तर, यो व्यवस्था स्थानीय किसानका लागि मात्र लागू हुनेछ। बाहिरी व्यापारीलाई अनुमति नदिइने र नियम उल्लङ्घन गरेमा जरिवाना गरिने निर्णय रङ्गेली नगरपालिकाले गरेको छ।

1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *