मोरङ्गको रङ्गेली ९ निवासी समाजसेवक सुरज र रिङ्की यादव दम्पति जोडीले आफ्नो सामजिक दाइत्व निर्वाह गर्दै इलाका प्रहरी कार्यालय दोहमनालाई १६.५ धुर जग्गा उपहार स्वरूप दिएका छन् ।

मङ्गलबार मालपोत कार्यालय रङ्गेलीमा जग्गादाता समाजसेवी यादवले, दोहमना प्रहरी इन्चार्ज पूर्ण बहादुर केसी , इलाका प्रहरी कार्यालय इन्सपेक्टर नरेन्द्र कुमार बोगटी , पत्रकार राम कुमार शर्मा र लेखा व्यवसायी विपिन सापकोटाको उपस्थितिमा करिब ३० लाख पर्ने उक्त जग्गा कानुनी प्रक्रिया सम्पन्न गरी इलाका प्रहरी कार्यालय दोहमना को नाममा नामसारी गरिएको छ।

‘आफ्नो गाउँ ठाउँ आफै बनाउनुपर्छ। यहाँको सुरक्षा र शान्ति कायम राख्न आवश्यक पूर्वाधारहरू निर्माण गर्न हामी सबैको दायित्व हो। त्यही दायित्व लाई सम्झिँदै सहयोग गरेको हुँ ‘ यादव दम्पतिले जनाएको छ।
‘हाल नेपाल सरकार द्वारा ५१ लाख रुपैयाँ इलाका प्रहरी कार्यालयको दोहमना को भवनलाई पूर्ण निर्माण गर्न छुट्याएको खबर छ । यही बेला आएको जग्गा सहयोग झन् सुनमा सुगन्ध भएको जस्तो छ । यो सहयोगको लागि समाज सेवी सुरज र रिङ्गकी यादव जीलाई सम्पूर्ण प्रहरी परिवारको तर्फ बाट धन्यवाद’ असइ केसी ले बताए ।