रङ्गेली मालपोत कार्यालयमा व्यापक अनियमितता, प्रहरीद्वारा पक्राउ अनुमतिरङ्गेली मालपोत कार्यालयमा व्यापक अनियमितता, प्रहरीद्वारा पक्राउ अनुमति

देव नारायण शर्मा
बिराटनगर, २३ असोज

रङ्गेली मालपोत कार्यालयमा देखिएको जग्गा अनियमितता प्रकरणमा इलाका प्रहरी कार्यालय रङ्गेलिले प्रमुख संलग्न व्यक्तिहरू विरुद्ध पक्राउ अनुमति प्राप्त गरेको छ।

प्रहरी स्रोतका अनुसार, प्रारम्भिक अनुसन्धानमा विभिन्न व्यक्तिहरूको संलग्नता स्पष्ट देखिएकाले उनीहरू विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो।

पक्राउ अनुमति प्राप्त व्यक्तिहरूको सूची यसप्रकार छ :

  • सहायक कम्प्युटर अपरेटर: अर्जुन न्यौपाने
  • नायब सुब्बा (मुद्दा फाँट): रेवती अधिकारी
  • सुरक्षा गार्ड: कामदेव मण्डल
  • कृते जग्गाधनी: भीमप्रसाद सिंह

प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा यी व्यक्तिहरूले सरकारी अभिलेखमा हेरफेर गरी गैरकानुनी लाभ लिन खोजेको आशंका गरिएको जनाएको छ।
अधिकारीहरूले भने, “कसैले पनि सरकारी दस्तावेजमा हेरफेर गरेर गैरकानुनी लाभ उठाउन खोजेमा कानुनले कसैलाई पनि नछोड्नेछ।”

इलाका प्रहरी कार्यालयले थप अनुसन्धान जारी राखेको छ। अनुसन्धानको क्रममा अन्य कर्मचारी वा व्यक्तिहरूको संलग्नता देखिएमा उनीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याइने जनाएको छ।

यस घटनाले पुनः एकपटक सरकारी कार्यालयभित्रको भ्रष्टाचार र अनियमितताको गहिरो जरो उजागर गरेको टिप्पणी सरोकारवालाहरूले गरेका छन्।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *