रङ्गेली – मोरङ्गको हुलाकी सडक खण्ड सुनवर्सी ९ स्थित बिहीवार बाइक अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बाइकमा सवार एकजना घाइते भएका छन्।
मृत्यु हुने डाबर सारनपुर, अररिया जिल्ला, बिहार राज्य बस्ने अन्दाजी २० वर्षिय नवीन कुमार पौदार हुन ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. ७ प. १०२९ नम्बरको मोटरसाइकल अन्यत्र भई सडक किनारमा बिग्रेर रोकिएको को १ त ११०५ नम्बरको ट्याक्टरमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटना भएपछि बाइक चालक र सवार दुवैजना गम्भीर घाइते भएका थिए।
घाइतेलाई स्थानीयहरूको सहयोगमा उपचारका लागि रङ्गेली अस्पताल भर्ना गरेको थियो। चिकित्सकद्वारा उपचारको क्रममा चालक पौदारलाई मृत घोषित गरे।
बाइकमा सवार अर्को एक जना कोहरा, आमगाछी पञ्चायत ७ अररिया जिल्ला, बिहार राज्य निवासी पप्पु कुमार बहरदार को दुवै हातमा गम्भीर चोट लागेको र उनको उपचार रङ्गेली अस्पतालमै भइरहेको छ।
हाल बहरदार जोखिमबाट बाहिर रहेको छ।