एनभीखबर

विराटनगर भदौ २९ गते आइतबार।

मोरङ जिल्लास्थित विभिन्न कार्यालय प्रमुखहरूको आकस्मिक बैठक बसेर जिल्लावासीको दैनिक जीवनलाई सहज बनाउन र सेवाप्रवाह पुनःस्थापना गर्न महत्त्वपूर्ण निर्णयहरू गरिएको छ।

बैठकले हालसम्म भएको क्षतिको विस्तृत विवरण संकलन गरी मूचुल्का तयार गर्ने, क्षतिग्रस्त सामग्रीको मूल्यांकन गर्ने तथा सक्दो छिटो सेवाप्रवाह पुनः सुरु गर्ने निर्णय गरेको छ।

तत्काल सेवा दिन नसकिने अवस्थामा सेवाग्राहीलाई समयमै जानकारी दिने र जिल्ला प्रशासन कार्यालय, मालपोत तथा नापी कार्यालय सञ्चालनमा नआएसम्म वडा कार्यालयमार्फत दिइने सिफारिस रोक्ने निर्णय समेत गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा, यी निर्णयहरूले सेवाग्राहीलाई सहज र व्यवस्थित सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *