अशोक ठाकुर / एनभी खबर
जेष्ठ २६ सोमवार
रङ्गेली – मोरङको धानपालथान ४ बावियस्थित एक घरमा सोमबार बिहान आगलागी भएको छ। बिहानको करिब ८:३० बजे भल्सारी सरदारको भान्साघरमा खाना पकाउने क्रममा चुलोको आगो चुलो छेउको दाउरामा सल्किएपछि आगलागी भएको जनाइएको छ।
स्थानीयका अनुसार खाना पकाउने क्रममा चुलोबाट सल्किएको आगोले दाउरा समाउँदै घरको अन्य भागमा फैलिन खोज्दा तुरुन्तै खबर पाएर स्थानीय बासिन्दाहरूले आगो नियन्त्रणमा लिएका थिए। समयमै आगो निभाइएकोले ठूलो क्षति हुन सकेन।
हालसम्म कुनै पनि मानविय वा भौतिक क्षतिको खबर छैन। आगलागीको विस्तृत विवरण बुझ्ने कार्य भइरहेको जनाइएको छ।




