रङ्गेली – मोरङको रङ्गेली नगरपालिका–६ स्थित माझी टोलमा बाँसका सामग्री बनाउने गृह श्रमिक महिलाहरूलाई आधुनिक औजार हस्तान्तरण गरिएको छ।

बिहीवार एक कार्यक्रमको आयोजना गरी ‘गृहश्रमिक महिला समाज रङ्गेली’को समन्वय र रङ्गेली नगरपालिकाको सहयोगमा औजार वितरण गरिएको हो।

केही वर्षअघि टेवा संस्था र गृहश्रमिक महिला समाज रङ्गेलीको सहकार्यमा २५ जना महिलालाई उद्यमशील र आत्मनिर्भर बनाउने उद्देश्यले बाँसका सामग्री बनाउने तालिम दिइएको थियो। सोही महिलाहरूलाई बिहीवार सामूहिक रूपमा पाँच सेट आधुनिक हाते औजार प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै उपमेयर भुमा पराजुली ले भनिन्, “गृह श्रमिक महिलाहरूको सीप, परिश्रम र आत्मनिर्भरताको यात्रामा हामी नगरपालिकाबाट निरन्तर साथ दिनेछौं।”

वडा नं. ६ का अध्यक्ष सुजित कुमार मण्डल ले भने, “स्थानीय स्तरमै सीप विकास भई उद्यम सञ्चालन हुन थालेको देख्दा निकै खुसी लागेको छ। अझ प्रभावकारी बनाउन वडा कार्यालयबाट पनि थप सहयोग गरिनेछ।”

गृहश्रमिक महिला समाज रङ्गेलीकी अध्यक्ष *शान्ता श्रेष्ठ ले भनिन्, “हामीले सिकेको सीप र पाएको औजारको उपयोग गरेर घरमै बसेर आम्दानी गर्ने बाटो खुलेको छ। अब हामी अझ आत्मनिर्भर बन्नेछौं।”

सेटमा ग्यारेण्डर, ड्रिल, आरा, कैंची, हतोरा, चक्कुजस्ता बाँसको सामग्री निर्माणमा सहयोग पुग्ने उपकरणहरू रहेका छन्। महिलाहरूले सुपा, बेना, नग्लो, कप, चिया ट्रे, टेबल लगायतका सामग्री निर्माण गर्दै आएका छन्।

नगरपालिकाको सहयोगमा प्रदान गरिएको सटरमा ‘गृहश्रमिक महिला समाज नेपाल’ले ‘कोसेली घर’ सञ्चालनमा ल्याएको छ, जहाँ महिलाहरूले आफ्ना सामग्री उचित मूल्यमा बिक्री गर्न सक्छन्।

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *