सुधिर कर्ण,

बिराटनगर, असोज २९

बिराटनगर–९ रंगेली रोडस्थित मारुती मेडिकल हलमा गएराति असोज २८ गते चोरी भएको छ। शटर फोरेर भित्र प्रवेश गरेका चोरहरूले मेडिकलका काउण्टरभित्र रहेको नगद रकम चोरी गरेको मेडिकलका सञ्चालक अरुण चौधरीले जानकारी दिए।

चौधरीका अनुसार, मेडिकलको CCTV क्यामेरा बिग्रिएको हुँदा कति वस्तु वा रकम हरायो भन्ने यकिन हुन सकेको छैन। उनले भने, “हामीले अहिले सबै हिसाब–किताब गर्दैछौं, तर काउण्टर फोडेर नगद रकम चोरी भएको निश्चित छ।”

चौधरीले थपे, “यही दशैं–तिहारको समयमा विगतका वर्षहरूमा पनि यस क्षेत्रमा यस्ता चोरीका घटना दोहोरिँदै आएका छन्।”

घटनापछि स्थानीय प्रहरीलाई जानकारी गराइएको र चोरको खोजतलास तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ। स्थानीय व्यापारीहरूले पनि चाडपर्वको समयमा बढ्दो चोरीका घटनाप्रति चिन्ता व्यक्त गर्दै सुरक्षा कडाइ गर्न माग गरेका छन्।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *