विराटनगर– आज (२५ गते) पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि उनका समर्थकहरू विभिन्न स्थानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने कार्यक्रम तय गरिएको छ। ज्ञानेन्द्र शाहीद्वारा जारी गरिएको सूचनाअनुसार समर्थकहरू निम्न स्थानहरूमा भेला भएर एयरपोर्टतर्फ जानेछन्।

भेलाको स्थान र रुट:

१) तीनकुने मार्ग:

स्थानहरू: काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, काठमाडौं महानगरपालिका (कागेश्वरी मनोहरा, पेप्सीकोला), कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली, नागार्जुन

भेला हुने स्थान: कोटेश्वर-तीनकुने

  1. गौशाला मार्ग:

स्थानहरू: टोखा, गोकर्णेश्वर, बुढानीलकण्ठ, तारकेश्वर, नुवाकोट, धादिङ

भेला हुने स्थान: गौशाला

समर्थकहरूलाई व्यक्तिगत वा उपलब्ध सवारी साधन प्रयोग गरी उपस्थित हुन अनुरोध गरिएको छ।

यस भव्य स्वागत समारोहका लागि विशेष ट्राफिक व्यवस्थापनको आवश्यकता पर्ने देखिएको छ भने सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले आवश्यक व्यवस्था गर्ने अपेक्षा गरिएको छ।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *