हदबन्दी छुटमा खरिदिएको जग्गा हाउजिङ कम्पनीलाई बेचिएको आरोपमा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

देवनारायण शर्मा
बिराटनगर, २२ जेठ

काठमाडौँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले १८ करोड ५८ लाख रुपैयाँ बिगो माग गर्दै सरकारी नीति तथा प्रक्रिया उल्लंघन गरेर निजी कम्पनीलाई लाभ पुग्ने गरी निर्णय लिइएको आरोप लगाएको छ।

२०६६ सालमा भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा हदबन्दी छुट अन्तर्गत खरिद गरेको थियो। तर, खरिदपछिको दुई महिनाभित्रै ३५३ रोपनी जग्गा एक हाउजिङ कम्पनीलाई बिक्री गरिएको थियो।
अख्तियारका अनुसार, यो कार्य नैतिकता, नीतिगत प्रक्रिया र कानुनको स्पष्ट उल्लंघन हो।

  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
  • तत्कालीन मुख्यसचिव माधव घिमिरे
  • सचिवहरू छविराज पन्त, प्रेमसिंह बस्नेत

विभिन्न मन्त्रालयका कर्मचारी, सरोकारवाला निकायका पदाधिकारीहरू
जम्मा ९३ जना विरुद्ध भ्रष्टाचारको अभियोग पत्र दायर

अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ:

“हदबन्दी छुटमा किनेको जग्गा कानुनविपरीत हाउजिङ कम्पनीलाई बेच्न अनुमति दिने निर्णय गर्दा सार्वजनिक पदको दुरुपयोग गरिएको छ। सो कार्यबाट राज्यलाई आर्थिक क्षति पुगेको छ।”

अब के हुन्छ?

मुद्दा अब विशेष अदालतमा सुनुवाइको प्रक्रियामा प्रवेश गर्नेछ। यदि अदालतले दोष प्रमाणित गर्‍यो भने, संलग्न सबैलाई कारवाहीको दायरामा ल्याइने अख्तियारको भनाइ छ।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *