एजेन्सी । पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा शुक्रबार राति भएको पाकिस्तानी हवाई आक्रमणमा तीन क्रिकेट खेलाडीसहित कम्तीमा १७ जनाको मृत्यु भएको छ। स्थानीय टोलो न्युजका अनुसार सुरक्षा स्रोतलाई उद्धृत गर्दै यो जानकारी शनिबार सार्वजनिक गरिएको हो।

स्रोतका अनुसार अर्गुन जिल्लाको खन्डारो गाउँमा स्थानीय समय अनुसार बेलुका करिब ८ः३० बजे पाकिस्तानी जेट विमानले एउटा घरलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। आक्रमणमा महिला तथा बालबालिकासहित अन्य १६ जना घाइते भएका छन्।

यसबीच, अफगान र पाकिस्तानबीच तनाव बढिरहेकै बेला वार्ताका लागि अफगान रक्षामन्त्री मावलवी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कतारको दोहा पुगेको अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विज्ञप्ति मार्फत बताएका छन्।

स्थानीय मिडियाका अनुसार, दुबै देशका प्रतिनिधिमण्डलले युद्धविराम विस्तार र अन्य विवादास्पद मुद्दाहरूमा छलफल गर्ने छन्।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *