देव नारायण शर्मा , विराटनगर, ०१ कार्तिक
मोरङ, नोबल परोपकारी समाजले जहदा–२ स्थित श्री सन्थाल आधारभूत विद्यालयमा स्मार्ट टिभी, स्वीटर तथा शैक्षिक सामग्री वितरण गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि रूपमा कोशी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री पञ्चकर्ण राई सहभागी हुनु भएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण मिश्र, नेपाल शिक्षक महासङ्घ जहदाका अध्यक्ष धर्मेन्द्र कुमार साह, जहदा–२ का वडाध्यक्ष चन्द्रशेखर साह लगायत विद्यालयका शिक्षक, अभिभावक र स्थानीयहरूको उपस्थिती रहेको थियो।

यस कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा (स्वीटर) सहित आवश्यक शैक्षिक सामग्री वितरण गरिएको र विद्यालयमा एक स्मार्ट टिभी पनि हस्तान्तरण गरिएको नोबल परोपकारी समाजले जनाएको छ।
संस्थाका अध्यक्ष मिश्रले आगामी दिनमा पनि शिक्षाको गुणस्तर सुधार र ग्रामीण विद्यालयहरूको सशक्तिकरणका लागि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो।
