अनिल कुमार यादव

धनुषा, १९ असोज

धनुषा — लगातारको वर्षाका कारण धनुषाको महेन्द्रनगरदेखि शान्तिपुर जोड्ने मुख्य सडक खण्डमा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

निरन्तर पानी परेपछि आएको बाढीले औरही खोलामा बनेको पुल नजिकको सडक कटान गरेको हो। बाढीका कारण सडकको करिब २० मिटर भाग बगाएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ।

सडक कटानका कारण दुबै दिशाबाट सवारीसाधन तथा पैदल यात्रुहरूको आवतजावत अवरुद्ध भएको छ। पुल समेत जोखिमपूर्ण अवस्थामा पुगेको बताइएकाे छ।

स्थानीय प्रशासनले नागरिकहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न र जोखिमपूर्ण क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।

केही दिनअघि पनि सो क्षेत्रमा माटो भासिँदा भारी सवारी साधनको आवागमन अवरुद्ध भएको थियो। अहिले पुनः सडक कटान भएपछि सम्पूर्ण आवतजावत रोकिएको हो।

स्थानीय बासिन्दाले भने तत्काल मर्मत तथा पुनःनिर्माणको काम थाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *