तीन दिने स्वास्थ्य शिविरको पहिलो दिनको कार्यक्रम सफलतापूर्वक सम्पन्न

देवनारायण शर्मा
बिराटनगर, २३ वैशाख

मोरङ जिल्लाको धनपालथान गाउँपालिका–३ डाकूवाडगामा रहेको वेथल ट्रेनिङ सेन्टरको भवनमा आज एक दिने नि:शुल्क दाँत तथा मुख स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भयो। करिब १५० जना स्थानीयले शिविरबाट प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरे।

स्वास्थ्य शिविर जीवन विकास सामुदायिक अस्पताल, जीवन विकास समाज, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कर्सिया, तथा वेथल ट्रेनिङ सेन्टरको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

शिविरको उद्घाटन कार्यक्रममा वेथल ट्रेनिङ सेन्टरका संस्थापक अध्यक्ष विनोद कुमार मुर्मुको अध्यक्षता थियो। प्रमुख अतिथिका रूपमा जीवन विकास समाजका अध्यक्ष रिवल देवी मण्डल उपस्थित थिइन्।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडाध्यक्ष नागेश्वर मण्डल, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, जिल्ला कार्यालय रामचोकका प्रमुख हेमनारायण राजवंशी, जीवन विकास सामुदायिक अस्पतालका मार्केटिङ अफिसर अजय कुमार शाह, शाखा कार्यालय कर्सियाका शाखा प्रमुख वासुदेव कुमार शाह लगायत सहभागी थिए। साथै, कोरियाबाट आएका डेन्टल विशेषज्ञ डा. जोन, डा. ली र डा. किमको टोलीले प्रत्यक्ष रूपमा उपचार सेवा प्रदान गरे।

कार्यक्रममा अतिथि रूपमा सुनिता टुडुको समेत सहभागिता रहेको थियो।

शिविरको बारेमा जानकारी दिँदै अध्यक्ष विनोद कुमार मुर्मुले उक्त कार्यक्रम तीन दिनसम्म विभिन्न स्थानहरूमा सञ्चालन हुने जनाए। उनका अनुसार पहिलो दिन कर्सियामा सम्पन्न शिविरपछि, दोस्रो दिन अमाही र तेस्रो दिन मझारेमा शिविर सञ्चालन गरिनेछ।

स्वास्थ्य सेवाको पहुँच नपुगेका समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरप्रति स्थानीयवासीले प्रसन्नता व्यक्त गरेका छन्।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *