देवनारायण शर्मा
विराटनगर २९, फागुन
धनपालथान गाउँपालिकामा केही दिनदेखि चलिरहेको विवाद अन्ततः समाधान भएको छ। आज सम्पन्न कार्यपालिका बैठकमा १५ सैया आधारभूत अस्पताल भवन निर्माण कार्यको शुभारम्भ सम्बन्धी महत्वपूर्ण छलफल भयो।
बैठकमा बोल्दै वडा अध्यक्ष गयाएनन् सरदारले अस्पताल निर्माणको आवश्यकताको बारेमा विशेष जानकारी दिएका छन्। उनले स्वास्थ्य सेवाको पहुँच गाउँपालिकाका सबै नागरिकसम्म पु¥याउन यो अस्पताल निर्माण अति आवश्यक रहेको बताए।
उनका अनुसार, अस्पताल निर्माण प्रक्रियामा देखिएको विवाद छलफलबाट समाधान भएको छ। अब कार्यपालिकाको सहमतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइनेछ।
स्थानीयवासीको प्रतिकृया
स्थानीय बासिन्दाहरूले विवाद समाधान भई अस्पताल निर्माण कार्य अघि बढ्नु सकारात्मक भएको बताएका छन्। एक स्थानीयले भने, “हामीले धेरै समयदेखि यो अस्पतालको माग गरिरहेका थियौं। अब वास्तविक रूपमा निर्माण प्रक्रिया अघि बढ्दै छ भन्ने सुन्दा खुशी लागेको छ।”
यो अस्पताल सञ्चालनमा आएपछि धनपाल गाउँपालिकाका नागरिकहरूले आधारभूत स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।