काठमाडौं, असार १६ ।
काठमाडौंको तिलगंगाबाट अवैध हतियारसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा महोत्तरी जिल्ला घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका २९ वर्षीय सुरेशकुमार राम र २६ वर्षीय दिनेशकुमार राम रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराका अनुसार, काठमाडौं महानगरपालिका–८ तिलगंगास्थित कोठामा हतियार लुकाइ राखिएको विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

प्रहरीले उनीहरू बस्दै आएको कोठाबाट एक थान कटुवा पिस्तोल, दुई थान म्याग्जिन, एक थान डोफेन्गो रेडियो सेट, १५ थान ब्याट्री, एक थान खुकुरी र तीन थान मोबाइल फोनसमेत बरामद गरेको छ।

उनीहरूलाई काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरी वृत्त गौशालाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *