देव नारायण शर्मा
बिराटनगर, ११ चैत

मोरंगको धनपालथान गाउपालिकामा जीवन विकास लघु वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कर्सियाद्वारा आयोजित व्यवसायपूर्ण उत्थान कार्यक्रम धनपालथान गाउँपालिका वडा नं ३ बेतौनामा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा धनपालथान गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष नागेश्वर मण्डल तथा विशिष्ट अतिथि जिल्ला प्रमुख हेमनारायण राजवंशीको उपस्थिति रहेको थियो। साथै, कार्यक्रम सञ्चालक तथा कर्सिया शाखाका शाखा प्रमुख वासुदेव शाह, फिल्ड सहायक कमल कुमार सिंह तथा अन्य जीवन विकास समूहका सदस्यहरू समेत उपस्थित भएका थिए।

कार्यक्रम अन्तर्गत आर्थिक अवस्था कमजोर भएकी तथा व्यापारमा घाटा व्यहोरेकी जीवन विकास लघु वित्तीय संस्थाका केन्द्र नम्बर ८६ की सदस्य ललिता देवी ऋषिदेवलाई पुनः उत्थानका लागि किराना पसलका सामग्रीहरू उपलब्ध गराई सहयोग प्रदान गरिएको छ। एकल महिलाको रूपमा आर्थिक रूपमा संघर्ष गरिरहेकी ऋषिदेवलाई यस सहयोगले नयाँ व्यवसायिक सुरुवात गर्न टेवा पुग्ने विश्वास गरिएको छ।

जीवन विकास लघु वित्तीय संस्था लिमिटेड कर्सिया शाखाले आर्थिक रूपमा विपन्न तथा व्यवसाय सञ्चालनमा कठिनाइ भोगिरहेका केन्द्र सदस्यहरूलाई निरन्तर सहयोग गर्दै आइरहेको जिल्ला प्रमुख हेमनारायण राजवंशीले भन्नुभयो । यस प्रकारको सहयोगले स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्दै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *