✍️ चन्द्रप्रसाद अधिकारी
(लेखक बरिष्ठ प्राध्यापक, शिक्षाविद् तथा विश्लेषक हुन्)

अब मौन बस्ने होइन, आवाज उठाउने बेला आएको छ!
इटहरी, जेस्ठ २२, इटहरीमा विषादीयुक्त आँप नष्ट शान्त लाग्ने इटहरीको साँझमा हिजो एक यस्तो पर्दाफास भयो, जसले हामी सबैको मनमा चिसो पसायो। भारतबाट आयात गरिएका केही आँपहरूमा अत्यन्तै हानिकाक विषादी प्रयोग भएको प्रमाण फेला पर्यो। इटहरी उपमहानगरपालिकाको खाद्य अनुसन्धान टोली र नगर प्रहरीको संयुक्त अनुगमनपछि ती आँपहरू तत्काल जफत गरी इटहरी वेस्ट एन्ड इन्भारो मेनेजमेन्ट प्रा.लि. को फोहोर प्रशोधन केन्द्रमा नष्ट गरियो।
🍊 मिठो आँपको भित्र लुकेको ‘विष’
कल्पना गर्नुहोस् – हामी र हाम्रा बालबालिकाले खाएको मिठो फलफूल वास्तवमा हामीहरूको स्वास्थ्यका लागि एक चुपचाप फैलिरहेको खतरा हो। यसै सम्बन्धमा सुनसरी अडानका निवार्तमान अध्यक्ष संतोष ढकालले भने“स्वास्थ्यसँग खेलवाड हुनु भनेको केवल व्यापारिक अनैतिकता मात्रै होइन, जनताको जीवनमाथि भएको प्रत्यक्ष प्रहार हो”।

इटहरीका बौदिक तथा स्थानीयवासीको धारणा
- कस्तुरी कलेजका प्रा. तेजेन्द्र चापागाईंले भने “
नेपालमा प्रवेश गर्ने नाकामा नै कडा कदम चाल्नुपर्छ। सीमानामै परीक्षण र नियमन चुस्त नभए यस्ता विषादीजन्य वस्तुहरू निर्वाध भित्रिरहन्छन त्येसैले समाधान सतहमा होइन, जडमै खोज्नुपर्छ र समस्या नाकाबाटै नियन्त्रण गर्नुपर्छ।” अनुगमन ‘शो’ मात्रै होइन, नियमित प्रक्रियामा नै होस ।
राष्ट्रिय जनसहयोग कलेज डा. विष्णु खड्काले भने “बजार अनुगमनलाई नाम मात्रको नभई साँच्चिकै प्रभावकारी बनाउनुपर्छ। निरन्तर र पारदर्शी अनुगमनले मात्रै उपभोक्तालाई ढुक्क बनाउँछ।”
इटहरी -८ का स्थानीयवासी ठमनाथ लम्सालले भने “जनताको स्वास्थ्यसँग खेलवाड गर्नेहरूलाई कुनै हालतमा पनि उन्मुक्ति दिनुहुँदैन। उनीहरूलाई कडाभन्दा कडा कारबाही हुनैपर्छ र कारबाही समाचारका लाइनमा सीमित हुनुहुँदैन कानुनी मिसाल कायम गरिनुपर्छ।”
नागरिक समाज इटहरीका सदस्य बोधहरी आचार्यले भने “यो अनुगमन केवल आँप वा केही फलफूलमा मात्र सीमित हुनुहुँदैन सम्पूर्ण खाद्यवस्तुहरूमा पनि यस्तै कडाइका साथ अनुगमन गरिनुपर्छ र हाम्रो खाना पकाउने भान्सा नै जोखिममा छ त्येसैले सम्पूर्ण खाद्य सामाग्री नै बिसादीमुक्त बनाउनुपर्छ ।“ अर्गानिक विकल्पलाई प्राथमिकता दिऔँ
इटहरीका एक शैक्षिक धरोहर प्रेमप्रसाद न्यौपानेले भने “क्यामेरा-शो’ अनुगमन अब बन्द गरौँ, गुणस्तरीय र निष्पक्ष प्रणाली स्थापना गरौँ, स्वास्थ्यसँग खेलवाड गर्नेहरूलाई उन्मुक्ति होइन, उचित कानुनी उपचारको खोजी गरि उपभोक्ताको उपभोग गर्न पाउने अधिकार हनन हुन् बाट- बचाउ।“
उनले थपे,
“बिषादीयुक्त आप नष्ट गर्ने राम्रो काम भयो, अर्गानिक आँप किनेर खान पाए हुनेथियो, समाधान केवल नियन्त्रण होइन, स्वस्थ, अर्गानिक खाद्य विकल्पमा लगानी पनि हो।“
अब के गर्नुपर्छ?
१. विषादी परीक्षण अनिवार्य, कठोर र पारदर्शी बनोस्
- सबै आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण कडाइका साथ गरियोस्।
- परीक्षण नतिजा जनसामान्यको जानकारी का लागि सार्वजनिक गरियोस्।
२. बजार अनुगमन नियमित, गुणस्तरीय र निष्पक्ष होस्
- कुन पसलमा कस्तो वस्तु आइरहेको छ भन्ने सजग निगरानी गरियोस्।
- अनुगमन निरन्तर प्रक्रिया होस्, एकपटकको ‘शो’ होइन।
३. दोषीलाई कडा कानुनी सजाय दिइयोस्
- खाद्य सुरक्षासँग खेलवाड गर्नेहरूलाई सम्झौता होइन, सजाय दिइनुपर्छ।
हामी उपभोक्ताले के गर्न सक्छौँ?
- सस्तो, चम्किलो देखिने फलफूल किन्नु अघि दुईपटक सोचौँ।
- स्थानीय उत्पादन, जैविक र भरपर्दो स्रोतहरूलाई प्राथमिकता दिऔँ।
- अस्वस्थ बस्तु भेटेमा स्थानीय निकायलाई खबर गरौँ।
निष्कर्ष
- जनताको स्वास्थ्यसँग खेलवाड गर्नेहरूलाई उन्मुक्ति होइन, कडा सजाय होस्!
- यो खबर सेयर गर्नुहोस् – तपाईंको आवाज नै परिवर्तनको सुरुवात हो।
- इटहरीको हरेक चुल्हो–चुल्होमा सुरक्षित खाना पुग्न अब हामी सबैको एकजुटता आवश्यक छ।
“स्वस्थ इटहरी, हरितनगरी इटहरी, हाम्रो स्वास्थ्य, हाम्रोअधिकार”