काठमाडौँ — सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन्।
काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु तथा ४ सयभन्दा बढी घाइते भएको जेन-जीको प्रदर्शनपछि लेखकले नैतिक जिम्मेवारी लिँदै पद त्यागेका हुन्।
नेपाली कांग्रेसभित्र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले राजीनामाको माग गरेपछि लेखकले निर्णय गरेका थिए। सभापति शेरबहादुर देउवा भने मौन बसेका थिए।
लेखक २०८१ साल असार ३१ गते गृहमन्त्री बनेका थिए।