विराटनगर | नेकपा एमाले मोरङको १०औं अधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनको मतगणना शुरू भएको छ। पदाधिकारी तथा सदस्यहरूकाे मतगणना एकैसाथ प्रारम्भ गरिएको निर्वाचन समितिले जनाएको छ।

नयाँ नेतृत्व चयनका लागि ८८८ जना प्रतिनिधिले मतदान गरेका थिए। अध्यक्ष पदका लागि संस्थापन समूहबाट राजकुमार ओझा र संस्थापन इतर समूहबाट अजम्वर राई प्रतिस्पर्धामा छन्। उपाध्यक्षमा शान्ति लिम्बू र सागर थापा, सचिवमा रविन थापा र सोमराज थापा, उपसचिवमा शिल्पा निराला कार्की, इर्जालाल राजवंशी, उषा झा र सन्तोष वान्तबा प्रतिस्पर्धी रहेका छन्।
निर्वाचनबाट १६५ जना निर्वाचित हुनेछन् भने ७१ जना निर्विरोध चयन भइसकेका छन्। पाँच पदाधिकारीसहित ९४ पदका लागि १९१ जना उम्मेदवार चुनावी मैदानमा छन्। मतगणनाको प्रारम्भिक नतिजा राति अबेरसम्म आउने अनुमान गरिएको छ।