✍️चन्द्रप्रसाद अधिकारी
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत १९ पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी हुँदै पार्टी नेतृत्वमा आफ्नो वर्चस्व कायम राख्न सफल भएका छन्। यद्यपि मतपरिणामले संस्थापन समूहभित्रकै शक्ति सन्तुलन, गुटगत प्रतिस्पर्धा र महिला प्रतिनिधित्वको गम्भीर प्रश्नलाई उजागर गरेको छ।
अध्यक्ष ओलीले १६६३ मतसहित विजय हासिल गर्दा उनका मुख्य प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे। मतगणनामा उपाध्यक्ष पदका उम्मेदवारहरूले अध्यक्षभन्दा बढी मत ल्याउनुले एमालेभित्र नेतृत्वको लोकप्रियता र संगठनात्मक समीकरण फरक–फरक रहेको संकेत गरेको छ।
• केपी शर्मा ओली : १६६३ (विजयी)
• ईश्वर पोखरेल : ५६४ (पराजित, जम्मा २५% मत मात्रै)
उपाध्यक्षमा पोखरेल प्यानलको पनि उपस्थिति
५ उपाध्यक्षमध्ये ४ जना केपी ओली प्यानलबाट विजयी हुँदा ईश्वर पोखरेल प्यानलबाट गोकर्णराज विष्ट विजयी भएका छन्। उनले १३६८ मत प्राप्त गर्दै पोखरेल समूहको प्रभावशाली उपस्थिति जनाएका हुन्।सबैभन्दा बढी मत पृथ्वीसुब्बा गुरुङ (१७३७) ले प्राप्त गर्दा विष्णुप्रसाद पौडेल (१६७५) दोस्रो स्थानमा रहे।
महिला उपाध्यक्ष पदकी उम्मेदवार बिन्दा पाण्डे ९२१ मत ल्याएर पराजित हुनु एमालेभित्र महिला नेतृत्वको कमजोर अवस्थालाई फेरि एकपटक पुष्टि गर्ने परिणाम बनेको छ।
५ उपाध्यक्षमा केपी ओलीको प्यानलका ४ र पोख्रेल प्यानलका १ पुरुष विजयी हुदा १ महिला उपाध्यक्षका उमेरद्वार बिन्दा पाण्डे ९२१ मत सहित पराजित l
• पृथ्वी सुब्बा गुरुङ : १७३७ (विजयी)
• विष्णु प्रसाद पौडेल : १६७५ (विजयी)
• रामबहादुर थापा ‘बादल’ : १५१६ (विजयी)
• गोकर्ण राज विष्ट : १३६८ (विजयी) – पोख्रेल प्यानल
• रघुजी पन्त : १२५८ (विजयी)
ओली प्यानल बाट गुरु बराल पराजित हुन् l
अन्य पराजित उम्मेदवारहरु:
• गुरु प्रसाद बराल : ११३७
• बिन्दा पाण्डे : ९२१
• परशुराम मेघी गुरुङ : ४६१
• अरुण नेपाल : ४३९
• टंक प्रसाद कार्की : ३५८
• भीमप्रसाद आचार्य : २६५
महासचिव र उपमहासचिवः गुटगत सन्तुलन
महासचिव पदमा केपी ओली प्यानलका शंकर पोखरेल १२२८ मतसहित विजयी भए। सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याए पनि पराजित हुन पुगे।
• शंकर पोखरेल : १२२८ (विजयी)
• सुरेन्द्र प्रसाद पाण्डे : ९९९ (पराजित, ४५% मत)
३ उपमहासचिवमध्ये २ जना ओली प्यानलबाट र १ जना पोखरेल प्यानलबाट विजयी भए। पोखरेल प्यानलबाट योगेश भट्टराई १३४८ मतसहित विजयी हुनु गुटगत प्रतिस्पर्धामा उनको प्रभाव कायमै रहेको संकेत हो। यस पदमा महिला उम्मेदवार नै नहुनु आलोचनाको विषय बनेको छ।
३ उपमहासचिव केपी ओलीको प्यानलका २ र पोख्रेल प्यानलका १ विजयी भए महिला उमेरद्वार नै थिएन् l
• लेखराज भट्ट : १४५२ (विजयी)
• रघुवीर महासेठ : १३६८ (विजयी)
• योगेश भट्टराई : १३४८ (विजयी) – पोख्रेल प्यानल
अन्य पराजित उम्मेदवार:
• विष्णु प्रसाद रिमाल : १०९१
• आनन्द प्रसाद पोखरेल : ६३५
• वैजनाथ चौधरी : ५१७
• राजेन्द्र प्रसाद गौतम : २७०
सचिवमा ओली प्यानलको क्लिन स्वीप
९ सचिव पदमा केपी ओली प्यानलले पूर्ण जित हासिल गरेको छ। सबैभन्दा बढी मत महेश बस्नेतले १५४४ ल्याएका छन्। पद्माकुमारी अर्याल १५३० मतसहित दोस्रो स्थानमा रहँदै एकमात्र महिला पदाधिकारीका रूपमा विजयी भइन्।
९ सचिवमा केपी ओलीको प्यानल नै विजयी हुदा सबैभन्दा बढी मत महेश बस्नेत र जम्मा २ महिला उमेरद्वार हुदा रचना खड्का ८७७ मत सहित एक पराजित l
• महेश बस्नेत : १५४४ (विजयी)
• पद्मा कुमारी अर्याल : १५३० (विजयी)
• छविलाल विश्वकर्मा : १५०६ (विजयी)
• शेरधन राई : १५०३ (विजयी)
• खगराज अधिकारी : १२३१ (विजयी)
• हिक्मत कुमार कार्की : १३३७ (विजयी)
• यमलाल कँडेल : ११८५ (विजयी)
• राजन भट्टराई : ११८१ (विजयी)
• भानुभक्त ढकाल : ११०८ (विजयी)
अन्य उम्मेदवार:
• गोकुल प्रसाद बास्कोटा : १०३०
• ठाकुर प्रसाद गैरे : ८८३
• रचना खड्का : ८७७
• कर्णबहादुर थापा : ८४७
• अग्नि प्रसाद खरेल : ७१६
• विनोद प्रसाद ढकाल : ६८४
• कृष्ण गोपाल श्रेष्ठ : ६२५
• पेम्बा लामा : ४९३
• लाल बाबु पण्डित : ४९६
• इन्द्रलाल साप्कोटा : ४०५
• पुरुषोत्तम पौडेल : ४६२
सचिव पदमा जम्मा दुई महिला उम्मेदवार रहेकामा एक मात्र विजयी हुनु एमालेभित्र लैङ्गिक समावेशिताको कमजोर अभ्यासको स्पष्ट उदाहरण बनेको छ।
मतपरिणामले के संकेत गर्छ?
१. ओलीको नेतृत्व सुरक्षित, तर सर्वसम्मत होइनअध्यक्षमा ओलीको जित स्पष्ट भए पनि उपाध्यक्षहरूको ओलीको भन्दा बढी मत आउनुले पार्टीभित्र वैकल्पिक नेतृत्वप्रति आकर्षण बढ्दै गरेको देखिन्छ।
२. पोखरेल प्यानल कमजोर होइनसंस्थापन पक्षको दबाबका बाबजुद गोकर्ण विष्ट र योगेश भट्टराईको जितले पोखरेल समूह अझै निर्णायक भूमिकामा रहेको संकेत गरेटा पनि यो सम्मानजनक उपस्थिति होईन।
३. महिला सहभागिता गम्भीर चुनौती१९ पदाधिकारीमा २ महिलाको मात्रै उमेरदवार हुनु र त्यसमा पनि एक एक मात्र महिला निर्वाचित हुनुले एमालेको सांगठनिक लोकतन्त्र र समावेशिता माथि ठुलो प्रश्न चिह्न उठेको छ।
४. ओली प्यानलको संगठनात्मक नियन्त्रण बलियोसचिव, महासचिव र उपाध्यक्षमा पूर्ण पकडले ओली पक्षको सांगठनिक मेसिनरी अझै मजबुत रहेको पुष्टि हुन्छ।
निष्कर्ष: एमालेको ११औँ महाधिवेशनको मतपरिणामले केपी शर्मा ओलीको नेतृत्वलाई निरन्तरता दिएको छ। तर यसले पार्टीभित्र गुटगत शक्ति सन्तुलन, उदाउँदै गरेका वैकल्पिक नेताहरू र महिला प्रतिनिधित्वको गहिरो संकटलाई एकसाथ सतहमा ल्याएको छ। अब नेतृत्वको चुनौती जितभन्दा बढी पार्टी एकता, समावेशिता र भावी राजनीतिक दिशा तय गर्नु रहने देखिन्छ।
