अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) इटहरीले श्री जगन्नाथ रथयात्रा महामहोत्सव–२०८२ आयोजना गर्ने भएको छ।

सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै आयोजकले पूर्वी नेपालभरिबाट करिब १० हजार भक्तजनको सहभागिता रहने अनुमान गरिएको जनाएको छ। रथयात्रा असर १४ गते दिउँसो २:३० बजे इस्कोन प्रचार केन्द्र हटियालाईनबाट सुरु भई इटहरी बजार परिक्रमा गर्दै बेलुकी ६ बजे समापन हुनेछ। त्यसपछि महाप्रसाद वितरण गरिनेछ।

यो भन्दा अगाडि असार ११ देखि १३ गतेसम्म बेलुकी ४:०० देखि ६:०० बजेसम्म जगन्नाथ कथा महोत्सव सञ्चालन हुनेछ भने असार १४ गते वैदिक ग्रन्थ प्रदर्शनी पनि गरिनेछ।

इस्कोन इटहरीका अध्यक्ष ललित बहादुर बानियाका अनुसार, रथयात्रा धार्मिक मात्र नभई सामाजिक सद्भाव, आध्यात्मिक चेतना र वैदिक मूल्यबोध फैलाउने उद्देश्यले आयोजना गरिएको हो।

#sansaripana #इस्कोन #iscon #इटहरी #ithari #रथयात्रा #rathyatra

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *