इटहरीमा प्रहरीको गो*ली प्रहारबाट दुईको मृ*त्युइटहरीमा प्रहरीको गो*ली प्रहारबाट दुईको मृ*त्यु

एनभी खबर / Nv Khabar
इटहरी, भदौ २३

इटहरीमा जेन-जी पुस्ताले राखेका विभिन्न मागसहितको आन्दो*लन नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार मृ*त्यु हुनेमध्ये एकजनाको पहिचान खुलेको छ। इटहरी–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन्। श्रेष्ठको शव हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको श*व गृहमा राखिएको छ। अर्का मृ*तक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

आन्दो*लन हिंसा*त्मक बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको हो। गोली लागेर गम्भीर घाइते भएका दुवै जनालाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। तर चिकित्सकहरूले दुवैलाई मृत घोषणा गरेका थिए।

यस घटनापछि इटहरीमा थप तनाव सिर्जना भएको छ। शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले अतिरिक्त सुरक्षा बल परिचालन गरेको जनाएको छ।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *