सुधिर कुमार कर्ण / एनभि खबर 

विराटनगर, १७ असार 

विराटनगर -९ अस्पताल चोकमा रहेको पपुलर क्लिनिक सिल गरिएको छ । फार्मेसी सञ्चालक अनुपस्थिति भएको कारणले गर्दा उक्त क्लिनिकलाई सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा २०–२५ जनाको टोलीले सिल गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा गरिएको अनुगमनमा क्लिनिकका फार्मेसी मुकेश यादवको नाममा दर्ता भए तापनि उनी कुनै काम विशेषले काठमाडौं गएका कारण अनुपस्थित रहेको पाइएको थियो। क्लिनिकका अर्का सञ्चालक शिबा मण्डलले फार्मेसी सञ्चालक अनुपस्थित रहेको पुष्टि गर्दै जानकारी दिएका छन्।

प्रशासनको टोलीले औषधि ऐन २०३५ अनुसार नियम उल्लंघन भएको भन्दै क्लिनिक तत्काल प्रभावबाट सिल गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार, स्वास्थ्य क्षेत्र अति संवेदनशील भएकाले नियम उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गरिने छ।

हाल क्लिनिक सिल गरिएको छ र थप अनुसन्धान जिल्ला प्रशासन तथा सम्बन्धित निकायले अगाडि बढाइरहेका छन्। प्रशासनले अन्य स्वास्थ्य संस्थाहरूमा पनि यस्तै अनुगमन तीव्र गरिरहेका छन् ।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *