देवनारायण शर्मा
बिराटनगर, १० असार
मोरङको रङ्गेली–कानेपोखरी सडकखण्डमा भएको एक सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।
रङ्गेली नगरपालिका–८, दर्वेशा चोक नजिकै ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा रङ्गेली–१ बबिया बिर्ताका ३२ वर्षीय केदार न्यौपानेको घटनास्थलमै मृ*त्यु भएको हो।
प्रदेश १–०२–००३–२८५६ नम्बरको ट्याक्टर खेत जोतेर फर्किंदै गर्दा, कानेपोखरीबाट रङ्गेलीतर्फ जाँदै गरेको को ३९ प ३९३२ नम्बरको मोटरसाइकल सोही ट्याक्टरमा ठोक्किएको प्रहरीको भनाइ छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रङ्गेली–१ निवासी राजन भट्टराई घाइते भएका छन्। हाल उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि ट्याक्टर चालक, रङ्गेली–८ निवासी जीवन ताजपुरीया फरार रहेको र उनको खोजी कार्य जारी रहेको जानकारी रङ्गेली प्रहरीले दिएको छ।