Nvkhabar / एनबी खबर
बिराटनगर , ९ जेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन कोचिला राष्ट्रिय मुक्तिमोर्चा नेपाल मोरङ जिल्ला अन्तर्गतको रंगेली नगरपालिका र सुनवर्शी नगरपालिकाको ऐतिहासिक प्रथम नगर सम्मेलन सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

रंगेली नगर सम्मेलन नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य, संविधान सभा सदस्य तथा मोर्चाका पूर्व अध्यक्ष पूर्ण प्रसाद राजबंशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उहाँले व्यानर वाचन र क्याण्डल बाली सम्मेलनको औपचारिक उद्घाटन गर्दै कोच समुदायहरूलाई एकजुट भई पहिचानको पक्षमा माओवादी आन्दोलनमा सहभागी हुन आह्वान गर्नुभयो। विशेषतः झापा, मोरङ र सुनसरीका तमाम कोच राजबंशीहरूलाई यो अभियानमा नेतृत्वदायी भूमिका लिन निर्देशन दिनुभयो।

सम्मेलनमा मोर्चाका केन्द्रिय अध्यक्ष ममता ताजपुरिया (राजबंशी), मोरङ जिल्ला पार्टी सचिव प्रकाश पौडेल, प्रदेश सदस्य श्रवण राजबंशी, मोर्चाका केन्द्रिय महासचिव पुकार चन्द्र राजबंशी, सुनवर्शी पार्टी अध्यक्ष रामराजी दास, उपाध्यक्ष मोहम्मद आलम, धिमाल राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रिय महासचिव प्रकाश धिमाल, तथा केन्द्रिय सदस्यहरू प्रभाकर राजबंशी, बद्री प्रसाद राजबंशी, भागवत राजबंशी लगायतको उपस्थिति रहेको थियो।

सम्मेलनका दौरान विभिन्न नेताहरूले कोच समुदायको राजनीतिक, सामाजिक, आर्थिक तथा भाषिक अधिकारका सवालमा एकता र संघर्षको आवश्यकता औंल्याउँदै माओवादी आन्दोलनमै यसको समाधान रहेको बताउनुभयो।

रंगेली नगर सम्मेलनको अध्यक्षता केन्द्रिय सदस्य बद्री प्रसाद राजबंशीले गर्नुभयो भने सुनवर्शी नगर सम्मेलनको अध्यक्षता केन्द्रिय सदस्य श्रवण कुमार राजबंशीले गर्नुभयो।

नवगठित कार्यसमिति:

रंगेली नगरपालिका (वडा नं. ७, शुक्रबारीमा सम्पन्न):

अध्यक्ष: भागवत लाल राजबंशी

सचिव: बद्री प्रसाद राजबंशी

सदस्य संख्या: २६

सुनवर्शी नगरपालिका (वडा नं. ४, डोकरिया चौकमा सम्पन्न):

अध्यक्ष: गोपाल राजबंशी

सचिव: भरत राजबंशी

सदस्य संख्या: १९

पार्टी केन्द्रको सर्कुलर अनुसार जेष्ठ २४ गते पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डबाट उद्घाटन गरिने कोचिला राष्ट्रिय मुक्तिमोर्चाको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको सन्दर्भमा जिल्ला र स्थानीय तहमा नयाँ नेतृत्व चयनको कार्य आक्रामक रूपमा अघि बढिरहेको छ।

दुवै नगर सम्मेलनलाई व्यवस्थित, सभ्य र प्रभावकारी बनाउन मोर्चाका केन्द्रिय सदस्य तथा मोरङ र सुनसरी जिल्ला समन्वयकर्ता, पार्टीका युवा नेता मनोज कुमार राजबंशीले सक्रिय भूमिका निभाउँदै संचालन गर्नुभएको थियो।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *