नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) विराटनगर महानगर समितिको २०८२ सालको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचनबाट विभिन्न पदहरूमा नयाँ नेतृत्व चयन गरिएको छ।

अध्यक्ष पदमा दिनेश कुमार राजवंशी (देव) ४६ मत ल्याएर विजयी भएका छन्। उपाध्यक्ष पदतर्फ चन्द्र बहादुर वन (३६ मत), धर्मलाल माझी (५८ मत) र सनोज कुमार यादव (४५ मत) विजयी भएका छन्। सचिव पदमा सोनु कवटले ४२ मत प्राप्त गरी निर्वाचित भएका छन्।
त्यस्तै सह सचिव पदमा दिनेश कुमार कामतले ३९ मत प्राप्त गरी सफलता हासिल गरेका छन्।

निर्वाचनमा अन्य उम्मेदवारहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएका थिए। समितिले नयाँ नेतृत्व चयनसँगै पार्टी संगठनलाई थप सबल र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

निर्वाचन समितिका संयोजकले निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र शांतिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिएका छन्।

नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *