विराटनगर, नेपाल प्रेस इन्स्टिच्युटको आयोजनामा ६ दिने पूर्णताजगी पत्रकारिता तालिम मंगलबार एक औपचारिक कार्यक्रमका बीच तालिम सुरु भएको छ।
विभिन्न समयमा पत्रकारिता तालिम लिसकेका १६ जनाका लागि पूर्णताजगी पत्रकारिता तालिमको आयोजना गरेको हो।
विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त तालिमबाट सहभागी सहभागीको व्यावसायिक दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिइएको इन्स्टिच्युटका संयोजक वीरेन्द्र शर्माले जानकारी दिए।
तालिमको उद्घाटन कार्यक्रममा इन्स्टिट्युटका अध्यक्ष मोहन भण्डारी र पत्रकार बन्धु पोखरेलले तालिमको महत्वको बारेमा बताउनुभएको थियो। पहिलो दिन सञ्चारकर्मी यज्ञ प्रसाद शर्माले प्रशिक्षण दिनुभएको थियो। तालिम विराटनगर १० स्थित इन्स्टिच्युटको भवनमा भइरहेको छ।

