मोरङको धनपालथान गाउँपालिका वडा – ४ कर्सिया बजारमा हाल मोतिदान कन्ट्रक्सन सेवा प्राइभेट लिमिटेडले सडक निर्माण कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ। हाल प्राइमर गर्ने कार्य अन्तिम चरणमा पुगेको छ भने निर्माण व्यवसायीका अनुसार अबको केही दिनमै कालोपत्रे कार्य पूरा हुनेछ।?
स्थानीय बासिन्दाले निर्माण कार्यमा ढिलाइ भएको भन्दै दुई पटकसम्म सडक अवरुद्ध गरेका थिए। उनीहरूको गुनासो थियो कि निर्माण व्यवसायीले काम समयमा सम्पन्न नगरेको हो। तर, निर्माण पक्षले भने केही प्राविधिक कारणले गर्दा काममा ढिलाइ भएको स्विकारेका छन्।
निर्माण व्यवसायीका प्रतिनिधिले बताएअनुसार अब काम अन्तिम चरणमा पुगेको छ र केही दिनभित्रै कर्सिया बजारको सडक पूर्ण रूपमा कालोपत्रे हुनेछ। स्थानीयवासीले पनि अब छिट्टै राम्रो सडक पाउनेमा आशावादी रहेका छन्।