कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको कार्यलयले मंगलबार १ उत्कृष्ट कर्मचारी पुरस्कार र ६ उत्कृष्ट सहकारीलाइ सम्मान पत्र प्रदान गरेर ६८ अौ सहकारी दिवस मनाएको छ ।

कानेपोखरी-५ मा रहेको गाउँपालिको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा कानेपोखरी ४ मा रहेको बयरबन महिला बचत तथा ऋण सहकारी संस्थाकि कर्मचारी अम्बिका सुवेदीलाई नगद रु ५१०० सहित प्रमाणपत्र प्रदान गरेर उत्कृष्ट कर्मचारी पुरस्कृत गरेको हो ।

उत्कृष्ट सहकारीमा रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था, जनमुखी बचत तथा ऋण सहकारी संस्था र सिंहदेवि दुग्ध बचत तथा ऋण सहकारी संस्थालाई सम्मान पत्रले सम्मान गरेको छ ।

त्यस्तै गाउँपालिकाले दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था बयरबन र जागृती बचत तथा ऋण सहकारी संस्थालाई पैसा गन्ने मेसिन र सम्मान पत्र प्रदान गरेको हो ।

गाउँपालिका प्रबक्ता तथा आर्थिक बिकास समितिका संयोजक समेत रहेका २ नम्बर वडाका वडाअध्यक्ष सुशील बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीको प्रमुख अथिती रहेको थियो ।

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *