मिलन काफ्ले
७ पाैष,पाल्पा ।
रम्भा गाउपालिकाकाे अायाेजनामा ,४ नं वडा हुमिनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ। सेवा प्रदायक र सेवाग्राही बिच नजिककाे सम्बन्ध कायम गर्नुका साथै वडा तथा गाउपालिका काे कामलाई पारदर्शी र जवाफदेहि बनाउने उदेश्यले कार्यक्रम काे अायाेजना गरियकाे गाउपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताए।

कार्यक्रममा वडा सचिव राजु कार्कि ले वडा बाट प्रवाह गरिएकाे सेवाकाे अबस्था तथा सम्पादित कामहरू समेटिएकाे प्रतिवेदन पेश गरेका थिए, भने सहजिकरणकाे जिम्मेवारी लियकाे संस्था सन्चार मन्च पाल्पा बाट पत्रकार माधव अर्याल तथा कमल अधिकारी ले ,सेवाग्रहिहरू संग गरिएकाे अाकस्मिक भेटघाट तथा कुराकानिकाे अधारमा तयार गरिएकाे समग्र प्रतिवेदन पेश गरे ।


हुमिनमा कृयाशिल राजनितिक दल का प्रतिनिधिहरू,संघसस्था,सहकारि ,बिधालय , स्वास्थ्य सस्था,लक्षित बर्गका प्रतिनिधि,टाेल विकास समितिका पदाधिकारि तथा सर्वसाधारण गरि ९२ जनाकाे उपस्थिती रहेकाे कार्यक्रममा , १४ जना सहभागीले अाफ्ना गुनासाे तथा जिज्ञासा सहितकाे प्रश्न राखेका थिय ।


सहभागि काे प्रश्नमा वडा सचिव राजु कार्की , वडा अध्यक्ष कृष्णबहादुर रायमाझी ,लेखा अधिकृत पेाष्टराज न्याैपाने,प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन तथा गाउपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारी ले जवाफ दिएका थिए।
विगत बर्षहरूमा गाउपालिका केन्द्रमा मात्र संचालन गरिएकाे कार्यक्रम यसपटक देखि गाउपालिकाकाे ५ वटै बडामा संचालन गरिने प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुन ले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रम वडा अध्यक्ष कृष्णबहादुर रायमाझी काे अध्यक्षता,वडा सदस्य वेनि बहादुर दिशा काे स्वागत तथा मिलन काफ्ले र कमल अधिकारीकाे संचालनमा सम्पन्न भएकाे थियाे ।
