हमासद्वारा रिहा हुने २० बन्धकको सूची सार्वजनिक, विपीन जोशी समावेश छैनहमासद्वारा रिहा हुने २० बन्धकको सूची सार्वजनिक, विपीन जोशी समावेश छैन

हमासद्वारा बन्धक रिहा प्रक्रिया सुरु, २० इजरायली नागरिकको सूची सार्वजनिक

गाजा, प्यालेस्टिन — प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

सार्वजनिक सूचीमा विपीन जोशी र अज्ञात भनिएका तमीर निम्रोदीको नाम समावेश छैन। तर बाँकी नामहरू पहिले नै अनुमानित २० जीवित बन्धकहरूको सूचीसँग मेल खान्छन्। यी सबै बन्धक इजरायली नागरिक हुन्।

रिहा हुने बन्धकहरूको सूची:
– बार कुपरस्टाइन
– एभ्यातार डेभिड
– योसेफ–चाइम ओहाना
– सेगेभ काल्फोन
– अविनातान ओर
– एल्काना बोहबोट
– म्याक्सिम हेरकिन
– निम्रोद कोहेन
– माटान जाङाउकर
– डेभिड कुनियो
– एइतान हर्न
– माटान एङ्ग्रेष्ट
– एइतान मोर
– गाली बर्मन
– जिभ बर्मन
– ओम्री मिरन
– एलोन ओहेल
– गाइ गिलबोआ–दलाल
– रोम ब्रासलाब्स्की
– एरियल कोनियो

रिहा प्रक्रिया यसरी हुनेछ:
दुई वर्षदेखि गाजापट्टीमा बन्धक रहेका यी २० जनालाई हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) मार्फत विशेष इजरायली सैन्य टोली (आईडीएफ)लाई हस्तान्तरण गर्ने तयारी गरेको छ। प्रारम्भिक जानकारी अनुसार आईसीआरसीको टोली गाजापट्टीमै पुगेर बन्धकहरूलाई आईडीएफलाई सुपुर्द गर्नेछ।

आईडीएफले बन्धकहरूलाई दक्षिण इजरायलस्थित रईम सैन्य बेसमा ल्याउनेछ, जहाँ उनीहरूको परिवारका सदस्यहरूले स्वागत गर्नेछन्। त्यसपछि बन्धकहरूलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइनेछ, जहाँ थप उपचार र मनोपरामर्श प्रदान गरिनेछ।

इजरायली अधिकारीका अनुसार, तत्काल स्वास्थ्य उपचार आवश्यक परे बन्धकहरूलाई स्वागत केन्द्रमा रोकिने छैन र सिधै अस्पताल पुर्‍याइनेछ।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *