जेन-जी आन्दोलन : तीनै राज्य निकाय नियन्त्रणमा, राजधानीमा त्रासपूर्ण स्थितिजेन-जी आन्दोलन : तीनै राज्य निकाय नियन्त्रणमा, राजधानीमा त्रासपूर्ण स्थिति

सोमबारबाट सुरु भएको जेन-जी आन्दोलन निर्णायक मोडमा पुगेको छ । आन्दोलनकारीले राज्यका प्रमुख तीन अङ्ग — व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका — नियन्त्रणमा लिएका छन् ।

आन्दोलनकारीले ती तीनवटै निकायका मुख्य भवनमा आगजनी र तोडफोड गरेका छन् । सुरक्षाकर्मी र प्रशासनिक निकायका प्रतिनिधि आन्दोलनकारीको भीड रोक्न असफल भएका छन् ।

स्थिति नियन्त्रणबाहिर पुगेपछि सुरक्षा निकायका प्रमुखहरू र प्रशासनिक निकायका शीर्ष अधिकारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मंगलबारदेखि समाधानका लागि पहल गर्न अपिल गरेका छन् ।

यसबीच राजधानीमा आवागमन ठप्प भएको छ भने सरकारी कामकाज पूर्ण रूपमा बन्द भएको छ । आन्दोलनकारीहरूले भने आफ्नो आन्दोलन जारी रहने स्पष्ट गरेका छन् ।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *